काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ ।
देशभित्रका कुल २८७ शाखा कार्यालयका शाखा प्रमुखहरु, प्रदेश प्रमुख लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुख, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्य लगायतको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।
चितवनको सौराहामा यही फागुन २५ देखि २७ गतेसम्म तीन दिन भएको सम्मेलन संस्थाको अहिले सम्मकै ठूलो कार्यक्रम हो । सञ्चालक समितिका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले सम्मेलनमा सहभागीलाई स्वागत गरेका हुन् ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरत सिंह थापाले लघुवित्तले गरिवी न्यूनिकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्त सम्बन्धी र उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जीवन, जगत, काम र जीवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा आफ्ना धारणा राखेका थिए ।
सम्मेलनमा शाखा प्रमुखले लघुवित्तमा आफ्नो यात्रा, संघर्ष र सफलताका विषयमा अवगत गराएका छन् । संस्था स्थापनाकालदेखि निरन्तर रुपमा कार्यरत रहेका कर्मचारीलाई संस्थाका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले सम्मान गरेका छन् ।
संस्थाले सम्मेलनमा सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाका विभिन्न नगरपालिकामा रहेका ५ वटा आधारभुत विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक तथा मेडिकल सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले देशको अर्थतन्त्रमा लघुवित्त संस्थाको योगदान, बचतको महत्व, कर्जाको सदुपयोगिता, डिजिटल बैकिङ लगायतको विषयमा वित्तीय साक्षरता पु¥याउने उद्धेश्यले आइतबार बिहान सौराहमा प्राभातफेरी कार्यक्रम समेत गरेको प्रमुख सूचना अधिकृत राजेन्द्र न्यौपानेले बताए ।






Comments are closed.