महालक्ष्मी विकास बैंंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँवर्ष २०८१ सालको भित्तेपात्रो प्रकाशन गरेको छ ।

बैंकले प्रकाशन गरेको भित्तेपात्रो आफ्नो आधिकारिक वेवसाइटमार्फत प्रकाशन गरेको हो । स्थानीय साना तथा मझौला व्यापार झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै बैंकले यसवर्षको भित्तेपात्रो प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको छ ।

भित्तेपात्रोमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकलाई जानकारी राख्नु बैंकको भित्तेपात्रो प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । ग्राहकले उक्त भित्तेपात्रोको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com मार्फत डाउन्लोड गर्न सक्नेछन् ।

विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले नागरिकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को लाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.

Secret Link