जेहेन्दार विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम सहयोग गरेको छ ।

कादमबरी एकेडेमी, श्रीपूर विरगञ्जमा कक्षा १० मा अध्यनरत छात्र जीवन राजवंशीलाई स्वर्गीय ‘हिरा गिरी’ जेहेन्दार छात्रवृत्ति रकमबापत रु ५० हजार रकम उपलब्ध गराएको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित ‘हिरा गिरी’ जेहेन्दार छात्रवृत्ति रकम बैंकका सञ्चालक समिति सदस्य श्यामसुन्दर रुङ्गटाले ‘आमाको माया’ छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरे ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले रु ५० हजार बराबरको छात्रवृत्ति रकम उपलब्ध गराएको बैंकले जनाएको छ । सञ्चालक समितिका सदस्य रुङ्गटाले विद्यार्थी देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताए ।

‘आमाको माया’ छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति रकमले गुणस्तरीय शिक्षामा टेवा पु¥याउने बताउँदै बैंकले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले सेवाग्राहीको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

यस बैंकले ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नागरिकको घरदैलोमा विगत २९ वर्ष देखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link