सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई पाँचतारे होटल दुसित प्रिन्सेसमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंको लाजिम्पाटमा रहेको पाँचतारे होटल श्री दुसित प्रिन्सेसबीच सम्झौता भएको छ ।

बैंकका ग्राहक र बैंकका कर्मचारीलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु (रेष्टुरेन्ट, आवास तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

बैंकको तर्फबाट बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्वप्रसाद जोशी र होटल दुसित प्रिन्सेसका तर्फबाट क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवास लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न बताइएको छ ।

बैंकका कर्मचारीलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । यस सम्झौता पश्चात् बैंकमा कार्यरत कर्मचारी, ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

 

You might also like

Comments are closed.

Secret Link