गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता तथा स्टेशनरी वितरण

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले आइतबार मध्यनेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानीय तथा सम्झना माध्यमिक विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीबीच वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्न सक्ने वित्तीय जोखिम बहन गर्न वचत गर्नपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्नेमा जोड दिए ।

ग्लोबल मनि वीक को पूर्वसन्ध्यामा भएको कार्यक्रममा सम्झना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज न्यौपाने, वडा नं ५ का वडाध्यक्ष ओमवीर गुरुङ, प्राधानाध्यपक सन्तोष तिवारी लगायत शिक्षक, विद्यार्थी तथा अभिभावक सहभागी थिए ।

यसैगरी फाइनान्सले सम्झना माध्यमिक बिधालयका विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री समेत वितरण गरेको छ । स्टेशनरी सामाग्री वितरण कायक्रममा बोल्दै वडाध्यक्ष ओमबीर गुरुङ तथा प्राधानाध्यापक सन्तोष तिवारीले फाइनान्सले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले गरेको यो सहयोगले विद्यार्थी तथा अभिभावक लाभान्वित हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाएका छन् ।

 

You might also like

Comments are closed.

Secret Link