काठमाडौं । कामना सेवा विकास बैंकले प्रहरी प्रभाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशील पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योगराज खतिवडालाई हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले अपराध नियन्त्रण तथा प्रमाण सङ्कलनको लागि महत्वपुर्ण सहयोग पुग्ने बताए ।
बैंकका सिएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी तथा प्रहरी प्रभागका प्रहरीको सहभागीता रहेको थियो ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवाहरु प्रदान गरिरहेको छ ।






Comments are closed.