फस्र्ट माइक्रोफाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोवल मनि सप्ताह २०२४ को सन्दर्भमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत करिव १६० जना छात्रालाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।

बैंकिङ प्रणाली, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा, डिजिटल वित्तीय सेवा, धितोपत्र, विमा, सम्पत्ती सुद्धीकरणका साथै बैंकिङ कसुर सम्बन्धी कार्यक्रममा सहभागीलाई जानकारी दिइएको छ । कार्यक्रमको सहजिकरण संस्थाका कर्मचारी देवराज नेपालले गरेका हुन् ।

कार्यक्रममा विद्याथीर्, शिक्षक र माइक्रोफाइनान्सका कर्मचारीको सहभागी थिए । पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका शिक्षक बलराम पौडेलले यस कार्यक्रमले विद्यालयमा अध्ययनरत छात्रालाई बैकिङ तथा वित्तीय योजना सम्बन्धी आधारभुत ज्ञान मिलेको बताउँछन् ।

माइक्रोफाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइका साथै सानैदेखि पैसाको वचत तथा सदुपयोग गर्ने बानी बसाल्न, जीवनचक्र अनुसारको वित्तीय योजना, पारिवारिक वजेट निर्माण गर्ने र पैसालाई काममा लगाउनुपर्ने बताएका छन् ।

 

You might also like

Comments are closed.

Secret Link