काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बुधवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक को–अपरेशन एण्ड डेप्लपमेण्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
विश्व वित्तीय सप्ताह २०२४, अन्तर्गत बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरी वित्तिय साक्षरता कार्यक्रम गरेको जनाइएको छ ।
बैंकका मधेश प्रदेश प्रमुख दिमश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती शाह, वडाध्यक्ष, विभिन्न पदाधिकारी तथा सरकारी कर्मचारी सहभागी कार्यक्रमको सहजिकरण लहान शाखा प्रमुख प्रकाश घिमिरेले गरेका हुन् ।
नगरपालिकाका उपप्रमुख शाहले बैंकले वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सक्ने हुनाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।
जनप्रतिनिधि तथा कर्मचारीलाई बैंकिङ सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने उद्धेश्यले गरिएको कार्यक्रममा गोलबजार नगरपालिकाकाभित्रका ६० जना भन्दा बढी सहभागी थिए ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।






Comments are closed.