पोखरा । शिव मन्दिर आमा समूह पोखरा २० भलामको अध्यक्षमा माया जिसी चयन भएकीछिन् । १४ औँ साधारणसभा तथा चौथो अधिवेशनले जिसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
समुहको उपाध्यक्षमा सीता थापा, सचिवमा सुष्मिता घर्ती, सहसचिवमा सुदिपा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी राना भुजेल चयन भएका छन् । सदस्यहरुमा हेमा घर्ती, खिरमति सुनार, सिला सुवेदी, गोमा गौतम, जमुना राना, अनिता पौडेल रहेका छन् । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
यसअघि अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउदै स्थापनाकालदेखि आमा समुहले गरेका कामको प्रशंसा गरिन् । उनले महिलाले जिम्मेवारी र अवसर प्राप्त गरेर राम्रोसंग सञ्चालन गर्छन् भन्ने प्रमाणित भएको बताइन् ।
वडा नम्बर २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले वडाको आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएको बताउदै महिला समुहको क्षमता बृद्विका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । कार्यक्रममा उपाध्यक्ष माया जिसीले सामाजिक विकृति विसंगति विरुद्ध काम गर्दै आएको बताएकीछिन् ।
शिव मन्दिर टोल विकास संस्थाका अध्यक्ष होमन राना, तुलसी तिमल्सिना, दामोदर सुवेदी, वडा सदस्य मिना पौडेल लगायतले आफ्ना धारणा राखेका थिए ।
Comments are closed.