तोलामा रु ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु ५ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार ४ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार २५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार ७५० निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु १७ सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १७ सय २५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.