काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार ४ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार ७५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार ७५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार ७२५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार ७१५ निर्धारण भएको छ । रासस






Comments are closed.