झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु २ अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्त सम्ममा रु १ अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ७६ लाख ४० हजार राजस्व सङ्कलन भएको हो ।
कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार कम सङ्कलन भएको छ । उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताए ।
झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन् भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको उनले बताए । रासस
Comments are closed.