सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु १ लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु १ लाख ३९ हजार ३ सय निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा रु १ लाख ३९ हजार ३ सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार ६५० तय भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । बिहीबार तोलामा रु १८ सय ५ मा कारोबार भएको चाँदीको भने रु १८ सय निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link