बैंकर मनोज ज्ञवालीलाई ‘बैंकिङ लिडरसिप अवार्ड’

काठमाडौं । बैंकर मनोज ज्ञवालीले ‘बैंकिङ लिडरसिप अवार्ड’ प्राप्त गरेका छन् ।

ज्ञवालीलाई यात्रा प्लस र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरेको हो  कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर लगायत अतिथिले ज्ञवालीलाई अवार्ड प्रदान गरेका हुन् ।

एक्जिटो एक्सेलेन्स अवार्ड २०२४ अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गर्ने क्रममा नबिल बैंकका डेपुटी सिइओसमेत रहेका ज्ञवालीले ‘बैंकिङ लिडरसिप अवार्ड’ प्राप्त गरेका हुन् । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै अवार्डले थप जिम्मेवारीबोध गराएको ज्ञवालीले बताए ।

सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको अनुजा मिडियाका सिइओ अनुजा आचार्यले जानकारी दिइन् । एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफरिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

You might also like

Comments are closed.