कलैया (बारा) । बारामा सात हजार ४४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।
जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए ।
उक्त क्षेत्रफल जगामा किसानले विभिन्न जातका आलुखेती गरेकामा गत वर्ष प्रतिहेक्टर १५ दशमलव ९ प्रतिशतले कुल १ लाख १८ हजार २९६ मेट्रिक टन आलु उत्पादन गरेका ज्ञान केन्द्रका अर्थविज्ञ गणेश महरा बताउँछन् ।
Comments are closed.