काठमाडौंमा जेनजीको प्रदर्शन : कर्फ्यु आदेश जारी भएको क्षेत्रमा सेना परिचालन

काठमाडौं । जेनजीको प्रदर्शनले काठमाडौंका विभिन्न स्थान तनावग्रस्त बनेको छ । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिए । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यु लाग्ने क्षेत्र विस्तार गरेको छ । ’जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कफ्र्यु लगाएको हो । कर्फ्यु आदेश जारी भएको ठाउँमा सेना परिचालन गरिएको छ ।

You might also like

Comments are closed.