काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँग सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ ।
ग्राहकहरूले नजिकैको शाखामा पुगेर फारम भरेपछि सो सुविधा एपमार्फत सक्रिय गर्न सक्नेछन्। यस कार्डमार्फत फोनपे नेटवर्कमा रहेका क्युआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिनेछ ।
भर्चुअल क्रेडिट कार्डमा न्यूनतम रु. १० हजारदेखि अधिकतम रु. १ लाखसम्मको क्रेडिट सीमा रहनेछ। भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज सुविधा पाउनेछन्। साथै, हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत रहनेछ ।
मोबाइल एपमार्फत मात्र उपलब्ध हुने यस सुविधाले सुरक्षित र नविनतम डिजिटल अनुभव दिने विश्वास बैंकले व्यक्त गरेको छ । हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम र आधुनिक डिजिटल बैंकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.