काठमाडौं । सानिमा बैंक लिमिटेड ले आफ्नो इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि स्थायी रूपमा बन्द हुने घोषणा गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार, यो सेवा अब सधैंका लागि सञ्चालनमा नहुने निर्णय गरिएको हो ।
बैंकका अधिकारीहरूले भनेका छन् कि इन्टरनेट बैंकिङ्ग सेवा बन्द भए पनि मोबाइल बैंकिङ्ग सेवा निरन्तर सञ्चालनमा रहनेछ, र मोबाइल बैंकिङ्गमा कुनै असर नपर्ने जानकारी दिएका छन् ।
इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुँदा ग्राहकहरूले भोग्न सक्ने असुविधाको लागि बैंकले क्षमायाचना गरेको छ । साथै, सबै ग्राहकलाई आवश्यक जानकारी समयमै उपलब्ध गराउने र वैकल्पिक डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गरिने पनि बैंकले जनाएको छ ।



Comments are closed.