नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सुविधा सम्झौता

ललितपुर । नेपाल बैंक लिमिटेड र ज्वागल, ललितपुरस्थित क्यूरा हेल्थ प्रा. लि. बीच बैंकका कर्मचारी तथा खाता रहेका ग्राहकहरूलाई विशेष स्वास्थ्य सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले क्यूरा हेल्थको प्याथोलोजी ल्याबका विविध सेवाहरू (होम डेलिभरी सहित) र हेल्थ प्याकेजहरूमा १२% देखि २५% सम्म छुट पाउनेछन् । यस सुविधाले कर्मचारी र ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा अनुसन्धान डिभिजन प्रमुख  निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा. लि.को तर्फबाट प्रबन्धक  शीतल प्रसाद पोखरेल ले हस्ताक्षर गरे। यस कदमले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई क्यूरा हेल्थ प्रा. लि.बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ उठाउने अवसर सिर्जना गर्नेछ ।

You might also like

Comments are closed.