काठमाडौं । नेपाल धितोपत्र बोर्डले कलंगा हाइड्रो र सानीगाड हाइड्रोलाई आइपीओ जारी गर्ने अनुमति दिएको छ ।
कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ बराबर, र सानीगाड हाइड्रोले ८५ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने योजना बनाएको छ ।
कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता शेयर, र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता शेयर जारी गर्नेछन् । आइपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन् ।




Comments are closed.