काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र मेट्रो ल्याब लिमिटेड बीच स्वास्थ्य परीक्षण सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
रिलायन्स फाइनान्सको प्रधान कार्यालय कमलादीमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार मेट्रो ल्याबले रिलायन्स फाइनान्सका कर्मचारी तथा ग्राहकहरूलाई विभिन्न ल्याब परीक्षण सेवामा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ।
सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देवकोटाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मेट्रो ल्याबले प्रदान गर्ने ‘फुल बडी हेल्थ प्याकेज’मा लाग्ने शुल्कमा १० प्रतिशत छुट तथा अन्य ल्याब परीक्षणहरूमा अधिकतम ३० प्रतिशतसम्म छुट उपलब्ध हुने उल्लेख गरिएको छ ।
काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दै आएको मेट्रो ल्याबमा रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप वा एटिएम कार्डमार्फत भुक्तानी गर्दा कर्मचारी तथा ग्राहकहरूले उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
देशभर २१ वटा शाखा सञ्जाल रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थासँग सेवा–सुविधामा छुट प्रदान गर्ने सम्झौता गर्दै आएको छ । यसअन्तर्गत चितवनको लर्डस् सिबिसी प्लाजा, मण्डला नोलीङ्ग लर्डस् प्राइम काठमाडौं तथा डायमण्ड प्यालेस लर्डस् प्लाजा नेपालगञ्जसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सहमति भइसकेको कम्पनीले जनाएको छ ।






Comments are closed.