काठमाडौं । असोज १ गते बसेको सिद्धार्थ बैंकको बैंक सञ्चालक समितिको ४८२औं बैठकले लाभांश घोषणा गरेको छ । आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफा एवं पूँजी समायोजन कोषबाट बैंकका साधारण शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) समानुपातिक रुपमा प्रदान गरिने छ ।
साधारण शेयर तर्फ बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १ सय ९५ रुपैँयामा १० प्रतिशत बराबरको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैंया मात्र) बोनस शेयर तथा १० प्रतिशत बराबरको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैंया मात्र नगद लाभांश प्रस्ताव गरेको होे ।
साथै, अग्राधिकार शेयर ३ अर्ब ५० करोड मात्र मा ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार ४१ रुपैंया मात्रको नगद लाभांश शेयर बाँडफाँड भएको मिति देखि समानुपातिक रुपमा प्रस्ताव गरेको हो ।
उपरोक्त बमोजिमको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा रु ३ अर्व ४७ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु ११ करोड अर्थात् ३.३२५ को वृद्धि हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई ३.५२५ मा सिमित गर्न सफल भएको छ ।
२०८३ असार मसान्तमा बैंकको चुक्ता पूंजि रु. १४ अर्व ७९ करोड र अग्राधिकार शेयर रु. ३ अर्ब ५० करोड रहेको छ भने जगेडा कोष रु. १८ अर्व ५८ करोड रहेको छ । बैंकको नेटवर्थ रु. ३६ अर्व ८८ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. ५ अर्व ९१ करोड ले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रति शेयर रु. २२४.८९ रहेको छ, जुन गत आ.व.मा रु. २१९.७७ थियो । यो गत आ.व.को तुलनामा २.३३ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रति शेयर आम्दानी रु. २२.७८ रहेको छ, जुन गत आ.व.मा रु. २२.७६ रहेको थियो ।




Comments are closed.