पोखरा । मजदूर संगठन सम्वद्ध बिभिन्न संगठनका नेताहरुले कोरोना संक्रमणसंगै मारमा परेका मजदूर वर्गको रोग र भोकको समस्यमा तीनै तहका सरकारको समन्वय आवश्यक भएकोमा जोड दिएका छन् ।अन्तराष्ट्रियरुपमै १३१ औं मजदूर दिवस मनाइ रहँदा कोरोनाले विश्वव्यापी पारि रहेको समस्याले प्रत्यक्ष प्रभावित मजदूरहरुको पिडामा मलम लाग्न नसकेको उनीहरुको ठम्याई छ ।
कोरोना संक्रमणले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदूरहरु प्रत्यक्ष मारमा परेको नेपाल ट्रेड युनियन महासंघ जिफण्डका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी इन्चार्ज मिना गुरुङले बताईन् ।
“कोरोना संक्रमण पैmलिन नदिन ४० दिन यता जारी बन्दाबन्दीले विपन्न मजदूर वर्गको चुलो तात्न सकेको छैन” गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी गुरुङले भनिन् “विपदको यस घडीमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा उनीहरुका पिडा व्यथामा मलम पटि लगाउनु पर्ने देखिएको छ ।”
दैनिकीनै असहज बनेका मजदूरको सहयोगका लागि राज्य एवम् सम्वद्ध निकायहरुले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने वेला आएको उल्लेख गर्दै उनले उनीहरुको समस्यामा साथ र सहयोग पु¥याउनुले मात्रै मजदूर दिवस मनाउनुको सार्थकता पुष्टि गर्ने विश्वास व्यक्त गरिन् ।
विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको औषधि उत्पादन नभएको अवस्थामा रोकथामको लागि बन्दाबन्दीको विकल्प नभएको उल्लेख गर्दै उनले मजदूरलाई राहत दिनुभन्दा सुरक्षित तरिकाले सम्वन्धित क्षेत्रमा काम लगाउनु अपरिहार्य भएकोमा जोड दिईन् ।
बन्दाबन्दीका कारण यतिखेर उद्योग, कलकारखाना नचल्दा मजदूरहरु समस्यामा छननै पूर्वाधार विकास तथा निर्माणका सम्पूर्ण काम बन्द हुँदा उनीहरुको रोजीरोटी बन्द भएको छ । विगतमा विदेशमा गई मजदूरी गरेर परिवारको पालनपोषण गर्नुका साथै देशका लागि समेत ठूलो रेमिटेन्स भित्र्याउने बैदेशीक रोजगारमा रहेका मजदूरहरु अधिकाँस तत्तत् ठाउँमा रोजगारी नभएपछि घर फर्कने तयारीमा छन् ।
देशमा राम्रो रोजगारीको अवसर नभएर विदेशीन बाध्य उनीहरुको अवको गन्तव्य के हुने भन्ने अर्को चुनौती टडकोरो देखिएको छ । स्वदेशमा रहेका र विदेशबाट फर्किएका मजदूरहरुको रोजिरोटी व्यवस्थापनतर्पm सरकारले वेलैमा सोच्नु पर्ने मजदूर नेताहरुले सुझाव दिएका छन् ।
नेपाल ट्रेडयुनियन महासंघ(जिफण्ड) का केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले बन्दाबन्दीसंगै सरकारले उपलव्ध गराएको राहत सामाग्री दैनिक ज्यालादारी गर्ने एवम् विपन्न वर्गका मजदूरले राहत प्राप्त गर्न नसकेको बताए ।
ठेकेदारले लिएका निर्माणका काम पेटी ठेकेदार र नाइकेलाई जिम्मा दिने गरेको र बन्दाबन्दीसंगै उनीहरु भागेकोले बिभिन्न स्थानबाट कामको शिलसिलामा आएका मजदूर जटिल समस्यामा परेको उल्लेख गर्दै उनले त्यस्था अवस्थामा मजदूरलाई २० वटा गाडीमार्पmत जिल्ला जिल्लामा पु¥याएको जानकारी दिए ।
विकास निर्माणका काम कार्यरत मजदूरको वडास्तरमा तथ्याङ्क संकलन गरि उनीहरुको बैक खातामार्पmत पारिश्रमिक उपलव्ध गराउनु पर्ने अखिल नेपाल ट्रेडयुनियन महासंघ कास्कीका अध्यक्ष रुद्र गौतम बताउछन् ।उनका अनुसार विगतमा बिभिन्न सभा समारोह गरेर मनाइने मे दिवस यस पटक भने कोरोनाको जोखिम न्यूनिकरणका लागि गरिएको बन्दाबन्दीको कारण घर घरमा मनाउन मजदूरहरुलाई अनुरोध गरिएको छ ।
नेपाल ट्रेडयुनियन कांग्रेस कास्कीका अध्यक्ष विजय भण्डारीले एकद्धार प्रणालीबाट राहत वितरण प्रकिया राम्रो भएपनि मापदण्ड अनुसारको प्रकृया नपुग्दा वास्तविक मजदूर वर्ग राहतबाट बन्चित भएको बताए ।सरकारले बन्दाबन्दीको अवधिमा पनि मजदूरलाई पारिश्रमित दिनु पर्ने निर्णय कार्यान्वयन हुनु पर्ने बताउँदै उहाँले भन्नुभयो– क्वारेन्टाइनमा रहेर पनि औद्योगिक प्रतिष्ठानमा निरन्तर काम गर्ने मजदूरले अतिरिक्त सुविधा पाउनु पर्ने माग गरेका छन् ।






Comments are closed.