बुद्ध विशाल बजार शनिबार पनि खुल्ने, सामान खरीदमा १० देखी २५ प्रतिशत छुट

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा सामान खरिदमा बिशेष छुट दिने भएको छ । ग्राहकलाई उपाहार भन्दा पनि गुणस्तरीय सामान बेच्ने उदेश्यका साथ हरेक सामान खरिदमा १० देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरेको बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले बताए । ग्राहकहको सुविधाको लागि बुद्ध विशाल बजार शनिबार पनि खुला रहने छ ।

jutta mela

कोरोना महामारीबाट बच्न तथा सचेत र सतर्क भएर काम गर्न सदस्यलाई उनले आग्रह गरेका छन् ।  मुख्य गेटमा हात धुने ब्यवस्था, ज्वरो नाप्ने ब्यवस्था, माक्स लगाउने व्यवस्था,सेनिटाइजर लगाउने व्यवस्था गर्नुको साथै सम्पुर्ण ब्यवसायीहरुले सामाजिक दुरीका साथ पसल सन्चालन गरेको हँदा ग्राहकलाई ढुक्क भएर सपिङ गर्न अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।

“उपहार पहिले पहिले नगद १० देखी २५ प्रतिशत छुट” अहिले भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलमा छुटको ब्यवस्था गरिएको उनले बताए ।

You might also like

Comments are closed.