घाइतेको घरमा राज्यमन्त्री मानन्धर

काठमाडौं ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर घाइते भएका परिवारको घरमा पुगेका छन् । बिस्फोटबाट भएको क्षतीको अनुगमन समेत गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

कोभिड १९ सकिएलगतै सरकारले जनताका अपेक्षानुसार काम गर्ने उनले बताए । सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधिमैत्री बनाउन आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफूको विशेष ध्यान केन्द्रीत भएको बताए ।

खाना पकाउने ग्यास लगायतका प्रज्ज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढिरहेको बताउँदै उनले सावधानी अपनाउन आग्रह गरे ।

शुक्रबार ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने स्थानीय घर तथा पर्खालमा क्षति पुगेको थियो ।

You might also like

Comments are closed.