काठमाडौं । नेबिकोले नेपाली उपभोक्तालाई लक्षित गरी थप १० वटा प्रडक्ट एकसाथ बजारमा ल्याएको छ । बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने नेपालको पहिलो कम्पनी नेबिकोले बुधबारबाट एक साथ १० वटा नयाँ प्रडक्ट बजारमा ल्यााएको हो ।
हालसम्म नेबिकोले बिस्कटुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन बिक्री वितरण गर्दै आएकोमा अब ‘ब्रेकफास्ट सेरेल्स’ पनि बिक्री वितरण गर्ने भएको छ । ब्रेकफास्ट सेरेल्समा कर्नफ्लेक्स, वट्स र चोकोज बजारमा आएका छन् ।
नेबिको कर्नफ्लेक्स ३०० ग्राममा बजारमा आएको छ । जसको मूल्य २ सय रुपैयाँ तोकिएको छ । नेबिको चोकोज ३५० ग्राममा बजारमा आएको छ । यसको मूल्य ३ सय रुपैयाँ कामय गरिएको छ । नेबिको वट्स ५ सय ग्राम र एक केजीमा बजारमा आएका छन् । यसको मूल्य क्रमशः २ सय रुपैयाँ र ३८० रुपैयाँ तोकिएको छ ।
नेबिकोले प्लाटिनम सेरिज अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको पांचवटा प्रकारका कुकिजहरु पनि बजारमा ल्याएको छ । ५० रुपैयाँ मूल्य पर्ने गरी बटर कुकिज (१५० ग्राम), जिरा कुकिज (१५० ग्राम) काजु कुकिज (१२० ग्राम) चकलेट कुकिज (१२० ग्राम) बुधबारबाट बजारमा आएका छन् । सुगर फ्रि कुकिज (१५० ग्राम) पनि कम्पनीले बजारमा ल्याएको छ । यसको मूल्य ७५ रुपैयाँ पर्नेछ ।
कन्फेक्सनरी अन्तर्गत नै नेबिको पपस्टिक लिची फ्लेबर ललिपप पनि बजारमा आएका छन् । यसको मूल्य ५ रुपैयाँ तोकिएको छ ।
‘उच्च गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आएको नेबिकोले थप सेगमेन्टमा पनि उपभोक्ताको मन र विश्वास जित्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा आएका प्रडक्टहरु निकै स्वादिला र स्वस्थकर छन् ।’ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न पनि कम्पनीले आम उपभोक्तालाई आग्रह गरेको छ ।
सन् १९६४ देखि नेपाली बजारमा बिक्री वितरण शुरु गरेको कम्पनीले आजसम्म निरन्तर उपभोक्ताको विश्वास जित्न सफल छ । निरन्तर रुपमा बजारको ठूलो हिस्सा नेबिकोले ओगटेको छ ।
Comments are closed.