सेन्टर प्वाइन्ट रोधीघरद्धारा अध्यक्ष गुरुङ सम्मानित

पोखरा ११ भदौ ।

सेन्टर प्वाइन्ट रोधीघरले नवनिर्वाचित पोखरा लोकदोहोरी रेष्टुरेष्ट ब्यवशायी संघका अध्यक्ष जिवन गुरुङलाई बधाइ तथा सम्मान गरेको छ । रोधीघरले आयोजना गरेको टुवोर्ग सांगितीक सांझमा नवनिर्वाचित अध्यक्ष गुरुङलाई दोहोरीका संचालक उत्तम गुरुङ, सुरेश गुरुङ, सुबिन्द्र गुरुङ र गोबिन पुनले अबिर, माला, खादा र दोसल्ला ओढाइ सम्मान गरेको हो । सो अवसरमा वोल्दै नवनिर्वाचि अध्यक्ष जिवन गुरुङले लोकदोहोरी ब्यवशायमा देखिएको कुरितीलाई आफ्नो कार्यकालमा हटाउने वताए । लोक संस्कृतिको संरक्षणका लागी आफु अध्यक्ष बनेको वताउदै लोकदोहोरीको संरक्षण संगै ब्यवशायीक हक हितको लागी आफुले काम गर्ने गुरुङको भनाइ थियो ।

भदौ ७, ८ र ९ गते सम्पन्न टुवोर्ग सांस्कृतिक सांझमा चर्चित लोकदोहोरी गायक गायिकाहरु प्रीति आले मगर, कुमार पुन मगर, माया गुरुङ, अमर धितालको प्रस्तुती रहेको थियोभने गुरुङ फिल्ममा गायिका शान्ति गुरुङले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिएभने रोधीघरका नियमित कलाकारहरुले रोधीघरमा आएका पाहुनालाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । तीन दिन सम्म सञ्चालित टुवोर्ग सांगितीक सांझमा रोधीघरमा आउने पाहुनालाई विशेष छुट समेत प्रदान गरिएको रोधीघरका सञ्चालक उत्तम गुरुङले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.