पोखराको वडा नम्बर ८ बाट पनि राजस्व संकलन सुरु

पोखरा १५ असोज ।

पोखरा महानगरपालिकाले वडा नम्बर ८ ले पनि राजस्व संकलन कार्य सुरु गरेको छ । वडाबाटै घर जग्गा, सम्पत्ति कर तथा नक्सापास सेवाको शुभारम्भ महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले गरिन् ।

आइतबार वडा कार्यालय पुगेका पहिलो करदाता पोखरा—५ का लक्ष्मी कौशले तिरेको करको रसिद हस्तान्तरण गदै शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न वडाबाटै कर संलकन सुरु गरिएको बताईन् । ‘वडा आफैमा सरकार हो, त्यसलाई पुष्टि गर्न अधिकार प्रत्योजना सहित जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्न वडाबाटै सेवा प्रवाह सुरु गरेका छौ ।’ का बा प्रमुख गुरुङले कर तिर्न आउनेहरुलाई राम्रो ब्यवहार गर्नुपर्ने बताउदै नागरिकले कर छल्ने प्रबृत्तिको अन्त्य गदै कर तिरेर सभ्य नागरिकको परिचय दिनुपर्ने बताईन् ।

उनले कर बृद्धि गरेको गुनासो गरिएको भएपनि महानगरमा कसैले उजुरी नदिएको बताउदै महानगरले नागरिकको गुनासो सम्वोधन गदै कर छुट १० प्रतिशत बृद्धि गरि २० प्रतिशत पुर्याएको बताईन् । उनले महानगरले पुस मसान्त सम्म सम्पत्ति करमा २० प्रतिशत र असार सम्म १० प्रतिशत छुट दिने पनि सो अवसरमा बताईन् । महानगरले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएर ३३ वटै वडाबाट राजश्व र कर संकलनको लागि काम थालनी गरेको उनको भनाई छ । प्रविधिको कारणले आफूसँग भएको सम्पत्ति कति छ ?जहाँबाट पनि हेरेर कर तिर्ने व्यवस्था महानगरले मिलाएको बताईन् । महानगरले कर बढाएको नभइ मालपोत कार्यालयले सम्पत्तिको मूल्यांकन बढाएकाले विगत भन्दा केही बढी कर तिर्नुपरेको उनले स्पस्ट पारिन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल नगरबासीलाई महानगर कार्यालय आउन नपरोस भनेर वडाबाटै कर संकलनको काम थालिएको बताए । । उनले महानगरलाई भिडभाड मुक्त बनाउदै नागरिकलाई सहज रुपमा सेवा प्रवाहको ब्यवस्था मिलाइएको बताए । महानगरमा धेरै भिडभाड भयो,‘सानासाना काम महानगरले हेर्दा नीति निर्माण र योजना बनाउन सकिएन भनेर अधिकार वडामा प्रत्यायोजन गरिएको छ ।’ उनले भने अव कर संकलन, तिन तला सम्मको घरनक्सा पास, १५ लाख सम्मका योजनाको सम्झौता लगायतका काम वडाबाटै हुने ब्यवस्था गरिएको र यसले नागरिकलाई सहज हुने छ । ’ महानगरका जुनसुकै वडाबाट पनि महानगरबासीले कर तिर्ने ब्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, नेकपा वडा नम्वर ८ का संयोजक राजकुमार गिरी, काँग्रेसका वडा सभापति सुभाष सिग्देल, वडा नम्वर ८ का सदस्य कृष्णमान ठुसाजु लगायतले बोलेका थिए । वडाबाट एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयबाटै तिर्न सकिने छ । कुन वडामा कति राजश्व र कर संकलन भयो त्यो महानगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको छ ।

lcci
You might also like

Comments are closed.