काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ । यसको मूल्य सोमबार प्रतितोला ९९ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्य तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३ सय ९५ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.