राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शंकरप्रसाद शर्मालाई बिहिबार पद तथा गोपनीयताको शपथ गराएको छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएको हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकि थिईन् ।

 

You might also like

Comments are closed.