पोखराको पर्स्याङमा अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर स्थापना

पोखरा । अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखराको पर्स्याङमामा सञ्चालनमा आएको छ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कस्’ पर्स्याङमा पोखरामा संचालनमा ल्याएको हो । पोखरा अटो वर्कस् अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो ।

सोमबार एक कार्यक्रमबीच सर्भिस सेन्टरको औपचारिक उद्घाटन भएको छ । अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा र बतास संस्थाका अध्यक्ष आनन्द राज बतासले सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । उक्त अवसरमा अग्नी ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरुका साथसाथै अन्य व्यवसायीहरुको उपस्थिति थियो ।

अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई सेवा दिइरहेको छ ।

त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिइएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.