ब्राहसिंगेले बेच्यो म्याद सकिएका वियर

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाह्रसिंगे ब्राण्डको वियर नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले कम्पनीको एक डिलरमा छापा मार्दा २१ सय कार्टुन उपभोग अवधी सकिएको ब्राहसिंगे वियर फेला पारेको हो ।

विभागले मंगलबार कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिका ३ वटा गोदाममा छापा मार्दा उक्त अनुपातमा अवैध वियर फेला पारेको हो ।
अनुगमनका क्रममा ६५० र ३३० एमएलका वियर भेटिएको हो ।

jutta mela

जफत गरिएको वियरको बजार मूल्य ६० लाख रुपैयाँ भन्दा बढी पर्ने विभागले जनाएको छ । विभागले विभिन्न भोजभतेर र रात्रीकालिन रेष्टुरेन्टहरूमा उक्त मिति सकिएको वियर पठाइदै आएको जानकारी पाएको थियो ।
विभागले उक्त डिलरमा शिलबन्दी गरेको छ ।

You might also like

Comments are closed.