सिरहाको सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने

लहान । सिरहाको धनगढीमाई नगरपालिका बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

विगत लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका धनगढीमाई नगरपालिका—१४ का बासिन्दालाई लक्षित गरी नगरपालिकाले सर्रे खोलामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माण भएपछि धनगढीमाई नगरपालिका— १४ का मड्यान, महाजनी, हाथीढुङ्गा, राईराईनीलगायतका स्थानीयवासी लाभान्वित हुने छन् ।

नगरपालिकाको कार्यालय र वडा नम्बर १४ लाई जोड्ने मूल सडकमा पर्ने सर्रे खोलामा पुल नहुदाँ त्यस क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुल निर्माण हुने भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाउने हुँदा खुशी भएका छन् ।

jutta mela

वर्षौदेखिको त्यस क्षेत्रको समस्याप्रति गम्भीर हुँदै झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढीमाई नगरपालिका र स्थानीयवासीको त्रिपक्षीय सहयोगमा करिव रु। एक करोड ७ लाखको लागतमा ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागेको हा । पाँच फिट चौडाइ रहने उक्त पुलको नगरप्रमुख हरिनारायण चौधरीले शिलान्यास गरे । पुल यसै आर्थिक वर्षभित्र निर्माण भइसक्ने नगरप्रमुख चौधरीको भनाइ छ ।

You might also like

Comments are closed.