झापाका पालिकालाई ७ अर्ब १८ करोड रुपैयाँ सङ्घीय बजेट

झापा ।

झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ ।

अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड७१ लाख, कन्काईलाई रु ५८ करोड १८ लाख, गौरादहलाई रु ४८ करोड ५१ लाख, दमकलाई रु ७० करोड १७ लाख, बिर्तामोडलाई रु ७० करोड १७ लाख, भद्रपुरलाई रु ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई रु ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई रु ३४ करोड ८६ लाख, कचनकबललाई रु। ३८ करोड ८७ लाख, झापालाई रु ३४ करोड ८४ लाख, बाह्रदशीलाई रु ३४ करोड १८ लाख, बुद्धशान्तिलाई रु ३५ करोड७६ लाख र हल्दिवारी गाउँपालिकालाई रु ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।

You might also like

Comments are closed.