आठौं ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ हुँदै

काठमाडौं- मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले आठौं सिजको ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ फागुन ११ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएका छन् । आयोजकले एक्स्पोको इभेन्ट नाम ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिंग एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो’ दिएको जानकारी दिएका छन् ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने र नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको भनाइ छ । प्रदर्शनीका स्टलमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याव संरचना, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहने बताइएको छ ।

प्रदर्शनीमा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ सहयोगी संस्थाको भूमिकामा छन् ।

jutta mela

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पु¥याउने विश्वास राखेको आयोजकको भनाइ छ । आयोजकका अनुसार प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, विल्डर तथा इन्टरियर डिजाइनरहरूको सहभागिता रहने । नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भिœयाउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन प्रदर्शनी सहयोगी बन्ने आयोजकले बताएको छ । नेपालमा उपलब्ध सामग्री तथा प्रविधिलाई विदेशी संस्थाको सामु देखाउने र नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यमा भएका प्रयोगलाई अन्तरराष्ट्रिय बजारमा चिनाउन सकिने आयोजकको भनाइ छ ।

You might also like

Comments are closed.