व्यवसायीका गुनासै गुनासामा सरकारको चासो, साँच्चै सरकार चिन्तित हो ?

काठमाडौं– आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग भेट गरे । छलफलमा व्यवसायीले राखेका समस्या प्रति गम्भिर बनेको बताएका उनले भने, ‘बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको छ ।’

बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिको र लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको भएको उनको भनाइ थियो । ‘व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु’ उनले भने ।

अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै रहेको र आफू प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको उनले बताए । ‘सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ, बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु। यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईहरूको सुझावको अपेक्षा गरेको छु, परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ’ उनको भनाइ थियो ।

jutta mela

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्री प्रचण्डसँग गुनासो गरे ‘ विगतमा बैंकहरूले व्यवसायीको घरघरमा गएर ऋण दिए अहिले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको छ, ऋणीले कर्जा तिर्न नसक्ने अवस्था छैन’ । बैंक कर्जाको साँवाब्याजको किस्ता तिर्न सक्ने अवस्था नभएको र उच्च ब्याजदरको कारण तरलतामा देखिएका प्रमुख समस्या सरकारले समाधान पर्ने उनको सुझाव थियो ।

पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्या तत्काल सम्बोधन नगरे आगामी दिनमा देशमा ठूलो दुर्घटना निम्तिने पनि उनको भनाइ थियो । अध्यक्ष गोल्छाले प्रधानमन्त्रीलाई बैंकको ब्याजदर नघटेसम्म बजारमा माग नबढ्ने र माग नबढेसम्म बजार चलायमान नहुने तर्फ थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रमा एउटामात्र नभएर धेरै समस्या रहेको र प्राविधिक रूपमै समाधान खोज्नुपर्ने अवस्था आएकाले उपलब्धमध्येबाट सम्भव भएसम्म अर्थतन्त्रबारे जानकारी राख्ने, निजीक्षेत्र, उद्यम व्यवसायबारे चासो भएकालाई अर्थमन्त्री नियुक्त गर्नुपर्ने बताए । उनले बैंक ब्याजदर बढाउँदा व्यवसायी मारमा परेको बताए ।

‘अहिलेको मुख्य समस्या ब्याजदर भएको छ । हिजो ७ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर अहिले १५ प्रतिशत पुगेको छ । ब्याज तिर्न नसक्ने अवस्थामा धेरै पुगेका छन्,’ भेटघाटपछि उनले भने । अहिलेको अवस्थामा बैंकहरूको आधारदर पनि धेरै भएकाले घटाउन सकिने, प्रिमियम पनि कसैलाई ६ प्रतिशतसम्म लिने गरिएकाले बढीमा २ प्रतिशतसम्म मात्र लिने, बैंकदर पनि अहिलेको अवस्थामा ५ प्रतिशतमा सीमित गर्न सकिने र यसबाट बैंकको व्यापारको आकार बढ्ने धारणा राखिएको मल्लले जानकारी दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेको प्रधानमन्त्रीलाई अवगत गराए । ‘बजारमा वस्तुको माग नहुँदा बैंक ऋण र ब्याजको चक्र बिग्रिएको छ,’ अग्रवालले भने, ‘यो समस्या हल गर्न लगानीको वातावरण बनाउनुपर्छ । लगानीको वातावरण बनाउन बैंक ब्याजदर र डिजेलको मूल्य घटाउनुपर्छ ।’ अग्रवालले डिजेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउन र बैंक ब्याजदर परिस्थिति हेरेर नियन्त्रणमा राख्न सरकारलाई सुझाव दिए ।

You might also like

Comments are closed.