अग्नी ग्रुपका अध्यक्ष श्रेष्ठद्वारा अक्सिजन प्लान्टका लागि २५ लाख सहयोग

काठमाडौं । अक्सिजन प्लान्ट स्थापनाका लागि नेपालको प्रतिष्ठिन व्यावसायिक घराना अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । कोभिड महामारीसँगै हस्पिटलहरुमा अक्सिजन अभाव भएपछि पोखरामा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि श्रेष्ठले सहयोग गर्न लागेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना हुँदैछ । बतास फाउण्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो ।

कोरोनाको दोस्रो लहरसँगै अक्सिजन अभावमा बिरामीहरु हस्पिटलमा छटपटाइ रहेका छन् । कयौंको ज्यानसमेत गइरहेको छ । यो विषम परिस्थितिमा अक्सिजन प्लान्ट स्थापना गरिनु राम्रो काम भएको र आफूले सहयोग घोषणा गरेको श्रेष्ठले आर्थिक आवाजलाई बताए ।

jutta mela

You might also like

Comments are closed.