‘नेपाललाई म्यानेजमेन्ट र टेक्नोलोजीको हब बनाउनुपर्छ भन्ने हाम्रो भिजन हो’

सुमन न्यौपाने
सिए, प्रिन्सिपल, कलेज अफ बिजनेश म्यानेजमेन्ट (सिबिएम)

शिक्षा क्षेत्रमा केही गरौं भन्ने उद्देश्यसहित चार्टर एकाउन्टेन्ट युवाहरुले सञ्चालन गरेको शैक्षिक संस्था हो कलेज अफ बिजनेश म्यानेजमेन्ट । काठमाडौंको डिल्लीबजारमा रहेको यो कलेजले एसईई सकेका विद्यार्थीहरुलाई लक्षित गरी प्लस टु म्यानेजमेन्टको परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ । यसैक्रममा कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेसँग कलेजका विशेषता, म्यानेजमेन्ट अध्ययनको महत्व लगायत विविध विषयमा आर्थिक आवाजले गरेको कुराकानीः

विद्यार्थीले म्यानेजमेन्ट अध्ययन किन गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई ?
म्यानेजमेन्टको स्कोप अहिले धेरै राम्रो छ । विश्वव्यापी रुपमा नै म्यानेजमेन्टका विद्यार्थीको माग बढिरहेको छ । धेरै विद्यार्थीको रोजाई बन्न सफल छ अहिले म्यानेजमेन्ट । म्यानेटमेन्टका विद्यार्थीको सपना भनेको प्राय चार्टर एकान्उट तिर देखिन्छ । सुन्दर भविष्यका तथा प्रशस्त अवसरका लागि म्यानेजमेन्ट अध्ययन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

कलेज अफ बिजनेश म्यानेजमेन्ट (सिबिएम) मा नै किन अध्ययन गर्ने ?
नेपाललाई म्यानेजमेन्ट र टेक्नोलोजीको हबको रुपमा विकास गर्नुपर्छ भन्ने हाम्रो भिजन हो । नेपालमा व्यवहारिक शिक्षा दिने शिक्षकको आवश्यकता छ भन्ने कुरा विभिन्न खोजले देखाउँछन् । प्रयोगात्मक तथा व्यवहारिक शिक्षा हामी प्रदान गर्छौं । हामीसँग म्यानेजमेन्टका बारेमा ज्ञान भएको अनुभवी तथा दक्ष टिम छ । विद्यार्थीहरु पास भएर काम गर्नेे क्रममा विद्यार्थीमा एक्सल, एकाउन्टिङ सफ्टवयर, स्टक मार्केट, बैकिङ, इन्स्योरेन्स जस्ता कुराको ज्ञान हुनुपर्छ । हामीले त्यसै अनुसार विद्यार्थीलाई सिकाउछौं । अहिले डिजिटल मार्केटिङको समय आएको छ । अनलाइन, फेसबुक, इन्स्टाग्राम लगायतबाट कसरी काम गर्न सकिन्छ भन्ने कुरालाई अगाडि बढाएका छौं । हामीसँग चार्टर एकाउन्टेन्ट लगायत अन्य विज्ञ, दक्ष तथा अनुभवी टिम छ ।

jutta mela

कलेजको मुख्य उद्देश्य के छ ?
हाम्रो उद्देश्य भनेको विद्यार्थीमैत्री वातावरणमा नवीनतम विधि तथा प्रविधिको प्रयोग गरी शिक्षण गर्नु हो । विषय विशेषज्ञसँग विभिन्न तालिम, सेमिनार तथा गोष्ठीको आयोजना गरी विद्यार्थीलाई सहभागी गराउँछौं । राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु हाम्रो उद्देश्य हो । विद्यार्थीमा विभिन्न ज्ञान हुनु आवश्यक छ । सूचना प्रविधिको प्रयोग तथा वैज्ञानिक अवधारणाको प्रयोग गर्नु हाम्रो उद्देश्य हो र त्यसै अनुशार शिक्षण गर्छौं ।

अन्य कलेजहरु भन्दा कलेज अफ बिजनेश म्यानेजमेन्ट (सिबिएम) कसरी फरक छ ?
विद्यार्थीको आवश्यकता र स्तर अनुसार हामी शिक्षण गर्छौं । सरकारी विद्यालयबाट आउने र अङ्ग्रेजीमा कमजोर विद्यार्थीको लागि पनि हामीले विशेष व्यवस्था गरेका छौं । हप्तामा ५ दिन कक्षा सञ्चालन गर्छौं । १ दिन विद्यार्थीको प्रिजेन्टेसन, विभिन्न विषय विज्ञसँग छलफल, गोष्ठी तथा सेमिनार हामी गर्छौं । जसले विद्यार्थीलाई धेरै कुरा सिक्ने अवसर प्रदान गर्छ । विद्यार्थीले पढेको कुरालाई व्यवहारमा ल्याउन आवश्यक छ । सामान्य कुराको ज्ञान नभएर विद्यार्थी अलमलमा परेको हामी पाउछौं । बिना हिचकिचावट सामान्य कुरा सिक्ने वातावरण हामीले बनाएका छौं । विद्यार्थीको लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा पनि सञ्चालन गर्छौं । पुस्तकालय लगायत भौतिक संरचना पनि सुविधा सम्पन्न छ ।

कस्ता विद्यार्थीलाई लक्षित गर्नुभएको छ ?
म्यानेजमेन्ट क्षेत्रमा केही गर्छु भन्ने विद्यार्थी हाम्रो टार्गेट ग्रुपमा पर्नुहुन्छ । कुनै बिजनेश गर्न चाहने, कर्पोरेट ग्रुपको लिड गर्न चाहने, विद्यार्थीलाई फोकस गरेका छौं । प्लस टु पढाउँदा नै विद्यार्थीको इच्छा तथा चाहना केमा छ भन्ने हामी थाहा पाउछौं । हामी त्यसै अनुशार विद्यार्थीलाई सल्लाह दिन्छौं । कतिपय विद्यार्थी काउन्सिलिङको अभावमा पनि अलमलमा परेको हामी पाउछौं । प्लस टु साइन्स गरेर पनि सि ए पढ्छु भन्ने विद्यार्थी पनि हाम्रो टार्गेट ग्रुपमा पर्नुहुन्छ । सबै ट्यालेन्ट विद्यार्थीलाई मात्र फोकस गरेका छैनौं । सबै स्तरको विद्यार्थीलाइ लक्षित गरेका छौं ।

सि.ए. पढ्न गाह्रो छ भन्ने पनि कतिपय विद्यार्थीलाई लाग्छ । के भन्नुहुन्छ ?
सि.ए. पढ्न गाह्रो हुन्छ र कुनै एक विषय लागेमा सबै दिनुपर्छ भन्ने कुरा पनि बजारमा सुनिन्छ । यसले विद्यार्थीमा पनि भ्रम पैदा गरेको छ । विद्यार्थीले यसबारे सबै कुरा बुझ्नु आवश्यक हुन्छ र हामी त्यसै अनुशार काउन्सिलिङ पनि गर्छौ ।

कलेजमा कति जना विद्यार्थी पढाउने क्षमता छ ?
प्लस टु को लागि १ हजार जना विद्यार्थीको लागि हामीसँग सिट छ । ब्याचलरमा विविएस र विविएम पनि छ । मास्टर्स लेभलमा एमबिएस छ । अहिलेको समयको मुख्य फोकस भनेको प्लस टु म्यानेजमेन्ट हो ।

कलेज अफ बिजनेश म्यानेजमेन्टमा पढ्न चाहने विद्यार्थीले कसरी एप्लाई गर्न सक्छन् ?
फेसबुक पेज मार्फत गुगल फर्मबाट विद्यार्थीलाई काउन्सिलिङ गरिरहेका छौं । कलेज अफ बिजनेश म्यानेजमेन्टको फेसबुक पेजमा गएर प्रि रजिष्ट्रेसन एण्ड काउन्सिलिङ पनि छ । त्यहाँ एप्लाई नाउको बटनमा क्लिक गरेपछि गुगल फर्म खुल्छ । त्यहाँ सबै डिटेल आएपछि फलो अप हामी गर्छौं । अहिले  वेबसाइटबाट पनि प्रि रजिष्ट्रेसनको लागि आवेदन लिइरहेका छौं ।

काठमाडौं बाहिरबाट आउन चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ?
टाढाबाट आएर पढ्न चाहने विद्यार्थीको लागि होस्टल पनि छ । काठमाडौं कै अन्य ठाउँबाट आउनेलाई यातायातको व्यवस्था पनि छ । कोरोना महामारीलाई मध्यनजर गर्दै शुरुमा भने अनलाइनको माध्यमबाट नै हामी काम गर्छौं । विद्यार्थीलाई आफ्नो चाहना अनुसारको विषय पढ्न म आग्रह गर्दछु । जुनसुकै विषयमा पनि रामम्रो गर्न सकियो भने स्कोप सबैको छ ।

You might also like

Comments are closed.