द-बङ टुर रिलोडेडको टिकट ग्यापुमार्फत किन्दा घरैमा डेलिभरी हुने

 

काठमाडौं । लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ । दर्शकले gyapu.com बाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् ।

उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ भने, टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ ।

jutta mela

यस्तै, ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको छ । ‘द-बङ टुर रिलोडेड’ आगामी मे २८ तारिख काठमाडौं स्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

सो कार्यक्रममा बलिउड स्टार सलमान खानलगायत भारतीय कलाकारहरूको समूह आउने भएका छन् । साथै नेपाली कलाकारहरूको पनि उपस्थिती रहनेछ । उक्त मनोरञ्जनात्मक कार्यक्रममा नृत्य र गीतसंगितको भरपुर आनन्द लिन सकिने छ ।

You might also like

Comments are closed.