चाइल्ड हेल्थलाई डाबरको ३० लाख सहयोग

काठमाडौं – डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमका बीच डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र बिजनेस हेड एचएस वेदीले चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा डाबरका मानव संसाधन प्रमुख अनिल पुरी र चाइल्ड हेल्थका एडमिन कन्सल्टेन्ट मन्दार शिखर बेनर्जीको समेत उपस्थिति थियो ।

चाइल्ड हेल्थ नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउन र स्वास्थ्य पूर्वाधार विस्तारमा सक्रिय रहँदै आएको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउन र गुणस्तरीय बालचिकित्सा सेवाका लागि चाइल्ड हेल्थलाई सहयोग गरेको डाबरले जानकारी दिएको छ ।

You might also like

Comments are closed.