बजार प्रवद्र्धन गर्न ‘धरान एक्स्पो’ हुने

धरान । सुस्ताउँदै गएको धरानको बजारलाई प्रवद्र्धन गर्न सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा १० दिने धरान एक्स्पो–२०७९ हुने भएको छ । धरानको आर्थिक गतिविधि चलायमान बनाउन, प्रदेश १ का उपभोक्ताहरूलाई स्थानीय देखि अन्तरराष्ट्रिय उत्पादन सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो । धरान १६ स्थित रंगशालामा फागुन ११ गते देखि २० गतेसम्म धरान एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।

संघले पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागी आवश्यक संरचना तयारी तीब्र भइरहेको जानकारी दिएको छ । एक्सोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा बित्तिय, रेडिमेड तथा कपडा, घरेलु सामानहरुको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु वरालले जानकारी दिए । धरान र समग्र क्षेत्रमा सुस्ताएको नेपाली बजारलाई चलायमान बनाउन र प्रदेश १ को ऐतिहासिक सहर धरान र सुनसरी जिल्लाको समग्र व्यवसायीक प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना भइरहेको एक्सपोमा स्टल बुकिङ खुला गरिएको स्टल बुकिङ संयोजक बरालले जानकारी दिएका छन् । उनले भने ‘आम्दानी गर्नेभन्दा धरानले पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो ।’ त्यसैले व्यवसायी, उत्पादक र व्यापारीलाई हाम्रो यस अभियानमा सहभागी भइदिन संयोजक बरालले अनुरोध गरे ।

एक्स्पोका संयोजक गोपाल श्रेष्ठले एक्स्पो अवधिमा १० करोडको कारोबार हुने लक्ष्य राखिएको बताए । साथै, दैनिक ३० हजारको संख्यामा मानिसहरु अवलोकन गर्न आउने पनि अपेक्षा गरिएको उनले बताए । एक्स्पोमा मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर लगायतका जिल्लाहरुबाट मानिसहरु अवलोकन तथा व्यापार गर्न आउनुका साथै भारत, बंगलादेश र पाकिस्तानबाट समेत व्यापारीहरु आउने उनले जानकारी दिए ।

jutta mela

यस्तै, पहिलो पटक धरानमा डोम ९ह्याङ्गर० को प्रयोग गरेर स्टल राखिनेछ । डोम भित्र ७० वटा स्टल हुनेछ भने बाहिर थप ७० वटा स्टल हुनेछ । डोममा स्टल राख्दा हावा, पानी, हुरीबतासले पनि कुनै नोक्सनी नहुने भएकोले सुरक्षित हुने संघका अध्यक्ष श्रेष्ठले बताए । एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरु पनि आयोजना हुनेछ । बेरोजगारहरुलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वगरोजगार गोष्ठी गरिने उनले बताए । गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ ।

गोष्ठीमा सानो लगानीमा व्यवसाय कसरी गर्ने र व्यापार, व्यवसाय कसरी अघि बढाउने भनेर प्रशिक्षण दिइने पनि उनले बताए । यस्तै, धरानका होटल, टेम्पो, बस व्यवसायीहरुलाई समेत समेटेर पर्यटन गोष्ठी पनि गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त गोष्ठीमा प्रदेश भरिबाट पर्यटन व्यवसायीहरुलाई निमन्त्रणा गरेर धरानलाई पर्यटनको हब कसरी बनाउने भनेर छलफल गरिनेछ । यस्तै, धरानको खानेपानी समस्या र समाधानबारे पनि गोष्ठी गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ । राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुती रहने भएकोले बेलुकी भने टिकट (शुल्क) लाग्ने पनि आयोजकको भनाई छ ।

You might also like

Comments are closed.