पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषा ।

यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।

दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीय छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीय छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीय छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीय छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.