ग्राहक संख्यामा इ-सेवाको चमत्कारिक फड्को, ५२ लाखले गरे एप्स डाउनलोड

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ-सेवाको मोबाईल एप्स एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने इ-सेवा पहिलो कम्पनी भएको छ ।

नेपालमा इ-सेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ । स्थापना भएको १३ वर्षमा इ-सेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि कुल ६० लाख बढि ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इ-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

एण्ड्रोइडमा ५० लाख बढि ग्राहक संख्या पुगेको अवसरमा इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “बढ्दो मोबाईल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्स्हरुमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाईल एप्समा अझै परिस्कृतरुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ।”

jutta mela

५० लाख मोबाईल एप्स् डाउनलोड भएको अवसरमा इ-सेवाले बुधबारका लागि “५० लाखको कमाल, क्यासब्याक बबाल” अफर सार्वजनिक गरेको छ । यस अफरअन्तरगत इ-सेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाईल टपअपमा रू ५५ क्यासब्याक प्राप्त गर्नेछन् ।

यस अफर अन्तरगत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । अफर अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाईलमा टपअप, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लर्निङ्गको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

त्यसैगरि १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ्ग तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्सको प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महशुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ ।

त्यसैगरि बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनैपनि ग्राहकले मोबाईल टपअप सेवामा रू ५५ क्यासब्याक प्राप्त गर्न सकिनेछ । क्यासब्याक बारे थप विवरण ब्लग डट इ-सेवा डटकम डट एनपी मार्फत हेर्न सकिनेछ । इ-सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इ-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

You might also like

Comments are closed.