पद्मोदय मोडमा जुत्ता एक्स्चेन्ज मेला जारी

काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा जुत्ता चप्पल एक्स्चेन्ज मेला जारी छ । पुराना जुत्ताको पाँच सय रुपैयाँ मूल्यांकन गरिने र नयाँ जुत्ताको खरिदमा पनि थप २५ प्रतिशत छुटसमेत प्रदान गरिने आयोजकको भनाइ छ । उक्त स्थानमा जुत्ता शोरुमहरुले जाडो मौषम तथा लगनको मौषमलाई लक्षित गरी विशेष अफरसहित एक्स्चेन्ज मेला आयोजना गरेको सञ्चालक जीवन श्रेष्ठले जानकारी दिए ।

‘विशेषगरी माघ महिनामा हुने विवाह तथा अन्य पार्टीहरुलाई मध्यनजर गरी मेलाको सुरुवात गरिएको हो,’ उनले भने । मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुललगायतका जुत्ताहरु उपलब्ध छन् । जाडोलाई मध्यनजर गर्दै नयाँ नयाँ स्पोर्टस् डिजाइनका जुत्ताहरु, नयाँ नयाँ बुटहरु लन्च गरिएको सञ्चालक प्रमोद महतोले जानकारी दिएका छन् ।

नयाँ लन्च गरिएका ७ सय डिजाइन र थप ४ सय गरी कुल ११ सय डिजाइनका जुत्ता चप्पल शोरुममा उपलब्ध रहेको बताइएको छ । जुत्ता चप्पल एक्सचेन्ज मेला माघ महिनाभरी संचालन हुनेछ ।

jutta mela

मेलाप्रतिको ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गरेर एक्स्चेन्ज मेलालाई जारी राखिएको आयोजकको भनाइ छ ।

साथै मेलामा नयाँ डिजाइनका जुत्तामा वारेन्टीको पनि व्यवस्था गरिएको छ । सिंहदरबारदेखि पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले मेला आयोजना गरेका हुन् ।

You might also like

Comments are closed.