नेपाल उद्योग वाणिज्य महासंघको विजनेस इन्टेलिजेन्स सिस्टम सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ ।

महासंघका सदस्यको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ । यस प्रणालीमा महासंघका सदस्यले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यको जानकारी राखिनेछ ।

महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यको विवरण यस प्रणालीमा रहनेछ । यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिनेछ ।

नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्याङ्क र प्रकाशन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ । यस प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताएका छन् ।

सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।

You might also like

Comments are closed.