समृद्धिको बाटोमा गण्डकी

६ अर्बका ८ सय भन्दा बढी मझौला तथा ठूला उद्योग

प्रेम पुन्थोकी

काठमाडौं – मुलुक संघीय संरचनामा गइसके पछि संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकार आफ्नो स्वायत्त अधिकारलाई प्रयोग गर्दै समृद्ध प्रदेश र स्थानीय तह बनाउने अभियानमा लागेका छन् । हरेक दृष्टिकोणले नेपालका हरेक क्षेत्रमा समान विकासको अवधारणा लागू हुन सकेको अवस्था छैन तर असमान अवस्थामा भएपनि मुलुकका हरेक क्षेत्र विकासको सवालमा आफूलाई द्रुत गतिमा अगाडि बढाइरहेका छन् ।
संघीयताको मर्म नै विकेन्द्रिकृत विकास हो । संघीय राजधानी काठमाडौ केन्द्रीत विकासको जालो बिस्तारै च्यातिएर प्रदेश तथा स्थानीय तह लक्षित बन्दै गएका छन् । विशेष गरि उत्पादनमूखी उद्योग तथा व्यवसाय काठमाडौं, अन्य मुख्य शहर र तराईमा क्षेत्रमा बढी छन् । तर यसभन्दा बाहिरका क्षेत्र पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने कुरामा बिस्तारै फड्को मारेको अवस्था छ ।नवलपुरका केही क्षेत्र बाहेक पहाडी र हिमाली जिल्ला रहेको गण्डकी प्रदेश पनि व्यवसाय र उत्पादनको क्षेत्रमा लोभलाग्दो तरीकाले अगाडि बढ्दै गएको छ । ठूला तथा मझौला उद्योग र घरेलु तथा साना उद्योगको तथ्यांक हेर्दा उद्योग व्यवसायमा गण्डकी क्षेत्रको आकर्षण लोभ लाग्दो देखिन्छ ।

१० प्रतिशत ठूला तथा मझौला उद्योग गण्डकीमा

उद्योग विभागले जारी गरेको आर्थिक वर्ष ०७८/०७९ को तथ्यांकलाई हेर्दा गण्डकी प्रदेशमा कुल उद्योगका करीब १० प्रतिशत उद्योग छन् । तथ्यांक अनुसार कुल ८ हजार ७६४ उद्योगमध्ये ८०८ उद्योग यस क्षेत्रमा छन् । सबैभन्दा बढी उद्योग बागमतीमा ५ हजार ६६० छन् । अन्य प्रदेशसँग तुलना गर्दा गण्डकी दोस्रोमा आउँछ । लगानीका हिसावले यो तथ्यांक अझै माथि छ । गण्डकीमा उद्योगमा कुल लगानीको २० प्रतिशत लगानी छ । यस क्षेत्रका उद्योगमा झण्डै पौने ६ अर्ब लगानी छ । ती उद्योगबाट करीब ५२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कुन जिल्लामा कति उद्योग ?

गण्डकी प्रदेशमा सबैभन्दा बढी उद्योग कास्कीमा छन् । कास्कीमा १ खर्ब ४ अर्ब लगानीका ४५९ उद्योग छन् । संख्यात्मक हिसाबले कम भएपनि लगानीमा म्याग्दी अगाडि छ । म्याग्दीमा १ खर्ब ४४ अर्बका ३१ उद्योग रहेको उद्योग विभागको तथ्यांक छ । लगानी धेरै भएका हाइड्रोपावरसँग सम्बन्धित छन् ।

गण्डकीका उद्योगको अवस्था हेर्दा २५ प्रतिशत कास्की र कम १ प्रतिशत पर्वतमा देखिन्छ ।

उद्योगबाट रोजगारी सिर्जनाको अवस्था हेर्दा सबैभन्दा बढी कास्कीमा २० हजार ५८४ ले प्रत्यक्ष रोजगारी पाएका छन् भने पर्वतका उद्योगले ३८३ जनालाई रोजगारी दिएका छन् ।

गण्डकीमा ६२ हजार लघु,घरेलु तथा साना उद्योग

लघु घरेलु तथा साना उद्योगको अवस्था हेर्दा गण्डकीमा विभिन्न ६२ हजार ३६६ उद्योग दर्ता भएका छन् । यी आर्थिक वर्ष ०७८/०७९ सम्म दर्ता भएर नियमित नविकरण भएका उद्योग हुन् । लघु घरेलु तथा साना उद्योगमा पनि कास्की अगाडि देखिन्छ । कास्कीमा २० हजार ४१८ साना उद्योग दर्तामा छन् । यो क्षेत्रमा कृषि तथा वनजन्य उद्योगमा बढी छन् । प्रदेशमा २० हजार ८०५ कृषि तथा वनजन्य लघु, घरेलु तथा साना उद्योग छन् । त्यस्तै १७ हजार ३६३ सेवा, १३ हजार ३८३ पर्यटन, ९ हजार ८१० उत्पादनमुलक, ७०६ पूर्वाधार, ११७ सूचना तथा प्रविधि, १०७ खनिज र ७५ उर्जासँग सम्बन्धित लघु घरेलु तथा साना उद्योग छन् ।

गण्डकीमा लघु,घरेलु तथा साना उद्योगको विवरण :

You might also like

Comments are closed.