प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ आज देखि शुरू

नवलपुर –प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ आज देखि गैंडाकोटमा शुरू भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघसँगको सहकार्यमा गैँडाकोट २ स्थित नारायणी नदी किनारमा मेला शुरू भएको हो ।

आयोजकले महोत्सव समग्र गण्डकीको आर्थिक उत्थानको लागि निजी क्षेत्रले आटेको बृहत र महत्वाकांक्षी महाअभियान रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवकुमार कोइरालाले गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिंगो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुर छनोट गरिएको बताए । सिंगो गण्डकीलाई मेलामार्फत जोड्न तथा प्रवद्र्धन गर्नका लागि गरिएको यो प्रयत्न आफैमा महत्वपूर्ण रहेको गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका सह संयोजक अमृत भट्टचनले बताए । मेलामार्फत नै नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडोरको प्रचार गर्ने उनको भनाइ छ ।

आयोजकले महोत्सवमा ८० हजार टिकट विक्री हुने आयोजकको भनाइ छ । महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । मेलामा करीब ३ सय वटा स्टलहरु रहेका छन् ।

jutta mela

मेलाको आकर्षणका रुपमा औधोगिक तथा व्यापारमेला, हस्तकला, कृषि मेला, पुष्प मेला, अटो प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । मेलामा अनुमानित आम्दानी रु. १ करोड ६० लाख र अनुमानित खर्च रु. १ करोड २५ लाख कटाउँदा रु. ३५ लाख बचत हुने आयोजकको अनुमान छ ।

You might also like

Comments are closed.