सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्न ग्लोबल आइएमई बैंक र नास–आईटी बीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले सम्झौता हस्ताक्षर गरेका छन् । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

jutta mela

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहक ग्लोबल आइएमई बैंक सधैँ राज्यप्रति उत्तरदायी सस्थाको रुपमा रहेकोले सम्झौता अधि बढेको र बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगको बारेमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने पोखरेलले उल्लेख गरे ।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयबाट भौतिक रुपमा बैंकिङ सुविधा प्रदान गरिरहेको यस बैंकले आफ्नो मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ । यस बैंकमा प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहकले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गर्नु बंैकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवा तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रुपमा समेत लिन सकिन्छ । बैंकका सेवाग्राहीलाई छिटो र सजिलोस“ग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैंकले सूचना प्रविधिमा अंगालेको नीतिको रुपमा लिन सकिन्छ ।

यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास–आईटीस“ग सम्बन्धित संस्था र आवद्ध कर्मचारीको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरु आयोजना गरी दुबै संस्था तथा आवद्ध कर्मचारीको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरु अगाडि बढाइने बताइएको छ । यस बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

You might also like

Comments are closed.