सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८‌ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ३ सय ६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

lcci
You might also like

Comments are closed.