ग्रीन डेभलपमेन्ट बैंकको दशौं र एघारौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा मंगलबार मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट पोखरामा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पनन भएको हो । सभाले आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७८÷७९ र २०७९÷८० को वार्षिक वित्तीय विवरणहरु सर्वसम्मत पारित गरेको छ ।

बैंकको संचित मुनाफा रकमबाट ३.८ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । बैंकको संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पारित गरेको छ ।

संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्विरोध निर्वाचन सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । साथै सञ्चालक समितिले स्वतन्त्र संचालक नियुक्त गरेको जानकारी सभामा दिइयो ।

jutta mela

साधारणसभाले आ.व. २०८०÷०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समिति द्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सेयरधनीले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले दिएका थिए । शेयरधनीले राखेका जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरिएको बताए । चालु आ.व.मा बैंकले शेयरधनीको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने वताए । सभामा उपस्थित शेयरधनीहरुलाई बैंक सञ्चालक सूर्य प्रसाद लम्सालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.